Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

समानुपातिकतर्फ एमालेले कटायाे ५ लाख मत, अन्य दलको कति ?



काठमाडाैं । समानुपातिकतर्फको ११० सिटका लागि मतगणना जारी छ । जारी मतगणनामा नेकपा (एमाले)ले समानुपातिकतर्फ सर्वाधिक मत पाइरहेको छ ।

एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणामअनुसार एमालेको मत ५ लाख ९ हजार ९८६ मत ल्याएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको २ लाख ३१ हजार ८८ मत रहेको छ ।

राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको १ लाख ३६ हजार ७२८ मत रहेको छ भने जसपा नेपालको ५७ हजार २७१ रहेको छ । नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ मत तथा नागरिक उन्मुक्ति पार्टीको ३३ हजार ६३८ मत रहेको छ ।

जनमुक्ति पार्टीको ३३ हजार १० मत रहँदा नेकपा (एकीकृत समाजवादी)को ३२ हजार ७७९ मत रहेको छ । अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार