Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

मतान्तरमा रवि अगाडि, यी हुन् १० हजार बढी मतान्तरले जित्ने उम्मेदवार



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सबैभन्दा बढी मतान्तरले निर्वाचन जितेका छन् । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६५ मत बढी ल्याएका जित हात पारेका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ६४७ मत ल्याएका थिए ।

लामिछानेजस्तै भक्तपुर १ बाट विजयी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि निकै फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज गेलाललाई ३० हजार ७९३ मतले हराए । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा गेलालले ११ हजार ९६८ मत ल्याएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ओलीले निकटम प्रतिद्वन्द्वीभन्दा २८ हजार ५७६ बढी मत ल्याएर जिते । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेका छन् । रोल्पा १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका पुनले निकटम प्रतिद्वन्द्वीभन्दा २५ हजार २२९ बढी मत ल्याएर जिते । पुनले ४१ हजार ७१४ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेका पूर्णं बुढामगरले १६ हजार ४८५ मत ल्याएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेकी छिन् । ललितपुर ३ बाट उम्मेदवार बनेकी कार्कीले निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले भन्दा १८ हजार १७३ बढी मत ल्याइन् । कार्कीले ३१ हजार १३६ मत पाउँदा एमालेका खड्काले १२ हजार ९६३ मत ल्याएका छन् ।

फराकिलो मतान्तरसहित विजयी हुनेमा जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त राउत पनि परेका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राउतले निकटतम प्रतिद्वन्द्वीभन्दा १८ हजार ६३ भन्दा बढी मत ल्याएर विजयी भए । राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले पनि निकटतम प्रतिद्वन्द्वीभन्दा १६ हजार ६७० बढी मत ल्याएका विजयी भएका छन् । गोरखा १ बाट विजयी बनेका उनले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई हराएका छन् । बजगाईँले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७५८ मत ल्याए ।

नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेका छन् । सल्यान १ बाट विजयी भएका ज्वालाले निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले हराए । ज्वालाले ३५ हजार ७०० मत ल्याउँदा शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेका छन् । झापा १ बाट उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी एमालेका अग्निप्रसाद खरेलले भन्दा १४ हजार ४१५ बढी मत ल्याएर जिते । शर्माले ३९ हजार ७६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत ल्याएका थिए ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शमा पनि फराकिलो मतान्तरसहित विजयी हुनेमा पर्दछन् । झापा १ बाट विजयी भएका शर्माले एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतले हराएका छन् । शर्माले ३९ हजार ७६४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निकै फराकिलो मतान्तरसहित जित हात पारेका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका प्रचण्डले निकटतम प्रतिद्वन्द्वीभन्दा १३ हजार ४६६ बढी मत ल्याएर जिते । प्रचण्डले २६ हजार १०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याएका थिए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फराकिलो मतान्तरले जित हार पारेका छन् । डडेल्धुराबाट विजयी भएका देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले जितेका छन् । देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत पाए ।

नेपाली कांग्रेसकै रमेश लेखकले पनि राम्रो मतान्तरसहित जित हात पारेका छन् । कञ्चनपुर ३ बाट विजयी भएका लेखकले निकटतम प्रतिद्वन्द्वी एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरसहित हराए । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत पाएकी छिन् ।

यस्तै, एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले पनि बलियो मतान्तरसहित जित हात पारेका छन् । बारा ४ बाट विजयी श्रेष्ठले एमालेका एकवाल मियाँलाई १० हजार ६६ मतान्तरले जितेका छन् । श्रेष्ठ २९ हजार ५०५ मत ल्याउँदा मियाँले १९ हजार ४३९ मत पाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार