Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेर छाड्ने कोइरालाको प्रतिबद्धता



मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएको छ ।

विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए ।

जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ । “चारपटक जनताले यही ठाउँबाट जिताएर पठाउनुभएको छ ,पक्कै मेरो काम मन पराउनुभएको होला”, उनले भने, “अब पनि जनताका बीचमा नै रहेर बाँकी काम गर्छु ।”

साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताए । “प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवादेखि गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ”, उहाँले भन्नुभयो, “यो गठबन्धन पाँच वर्षसम्म रहन्छ, हामी मिलेर काम गर्छौं ।”

युवालाई अघि बढाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो । “देशभर यस पटकको निर्वाचनले युवालाई अघि बढाऊँ भन्ने सन्देश दिएको छ”, उनले भने, “त्यसलाई आत्मसात् गर्नुपर्ने अवस्था छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार