
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई झण्डै १३ हजार मतले पछि पार्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी हुँदा पण्डितले २२ हजार ९३२ मत ल्याएका थिए ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९,५७१ र राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।
२०७४ को निर्वाचनका बेला सोहि क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार रहेका लालबाबुले कोइरालाई हराएका थिए भने यसपाली बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका कोइरालाले जित हात पारेका हुन् ।