
काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । सहभागी ३२ वटै राष्ट्रले एक–एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बी बाट दुई–दुई खेल गरि चार खेल हुने छ ।
पहिलो खेलमा विजयी भएका यी तीन राष्ट्र लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा रहेका छन । इक्वेडर, इंग्ल्याण्ड र नेदरल्याण्ड्स्ले दोस्रो जित पनि हात पार्ने योजनामा रहेका छन् । अब दोस्रो चरणको खेलपछि धेरै समूहको विश्वकपको यात्रा टुंगो लाग्ने छ ।
आज शुक्रबार दोस्रो चरणको पहिलो खेलमा वेल्स र इरान दिउँसो ३ः४५ मा प्रतिस्पर्धा हुने छ भने त्यसैगरि समूह ए को आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार ६ः४५ बजे खेल्नेछ ।
त्यही बेलुका ९ः४५ मा आजकाे तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्विडर भिड्ने छन् भने समूह ए को इङ्ल्यान्ड र अमेरिका मध्यरात १२ः४५ बजे आमनेसामने हुनेछन्।