Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

दुवै गठबन्धनको बहुमत नपुग्ने निश्चित



काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर, शुक्रबारसम्मको नतिजालाई हेर्दा सत्तापक्ष वा विपक्षी कुनैले पनि सरकार निर्माणका लागि बहुमत जुटाउन सक्ने देखिएको छैन । १६५ क्षेत्रमध्ये मतगणना भइसकेका र हुँदै गरेका १६२ क्षेत्रको परिणामले कुनै पनि गठबन्धनको पक्षमा बहुमत नदेखिएको हो ।

शुक्रबार अपरान्हसम्म प्रत्यक्षतर्फको मतपरिणामलाई हेर्दा सत्तापक्षको कांग्रेसले ५३, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, लोसपाले ३ राष्ट्रिय जनमोर्चाले एक सिट ल्याउने अवस्था छ । यसलाई हेर्दा, प्रत्यक्षतर्फ सत्ता गठबन्धनले ८५ सिट ल्याउने देखिन्छ । कांग्रेसबाट निर्वाचित भएपनि मनाङबाट विजयी टेकबहादुर गुरुङ मुद्दा छिनोफाने नभई संसद छिर्न पाउने अवस्था छैन । जसलाई हेर्दा सरकार बनाउन गठबन्धनलाई थप ५४ सिटको आवश्यकता पर्दछ ।

समानुपातिक तर्फ हालसम्म एमालेले अग्रता लिइरहेको छ । अहिलेसम्मको प्राप्त नतिजा हेर्दा कांग्रेसले २८ प्रतिशत मत पाएको छ भने एमालेले २९ प्रतिशत मत पाएको छ । माओवादी केन्द्रले हालसम्म १३ प्रतिशत मत पाएको छ भने एकीकृत समाजवादीले २, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपाले ४, लोसपाले १ र नागरिक उन्मुक्ति पार्टीले २ प्रतिशत मत प्राप्त गरेका छन् । थ्रेस होल्डको व्यवस्थाअनुसार मतका आधारमा दलहरुले सिट पाउँछन् । एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले सिट पाउने सम्भावना कम छ ।

यही मतलाई हेर्दा समानुपातिकबाट कांग्रेसले करिब ३२, एमालेले ३५, माओवादी केन्द्रले १५, रास्वपा १६, जसपाले ४, राप्रपाले ८ सिट पाउने सम्भावना छ । जसका आधारमा हेर्दा, सत्ता गठबन्धनका दलहरुले समानुपातिकबाट थप ४७ सिट थप्ने सम्भावना छ । जसलाई हेर्दा अहिलेको सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सकस छ ।

अर्कोतर्फ, एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग पनि बहुमतको सम्भावना कम छ । अहिलेसम्मको नतिजालाई हेर्दा प्रत्यक्षबाट एमालेले ४६, राप्रपाले ७ र जसपाले ६ सिट जित्ने अवस्था छ भने समानुपातिकबाट तीन पार्टीले करिब ४७ सिट पाउने सम्भावना छ । जसलाई जोड्दा १०६ सिट पुग्छ । एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पु¥याउन थप ३२ सिट भएको पार्टी चाहिन्छ ।

घिनलाग्दो अभ्यासको चिन्ता

दुवै गठबन्धनलाई संसदमा बहुमत पुर्‍याउन थप अर्को दलको आवश्यकता पर्दछ । तर, चौथो दलको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा नजाने भनेको छ भने नागरिक उन्मुक्ति पार्टीले निर्णय लिएको छैन । यदि अहिलेको सत्ता गठबन्धले रास्वपाको साथ पाएमा सरकार गठन सहज ढंगले गर्ने देखिन्छ भने एमालेलाई रास्वपाको साथ पाएमा पनि थप अर्को दल खोज्नुपर्ने हुन्छ ।

यस्तोमा कुनै पनि दलले बहुमत नपुर्‍याउन निकै घिनलाग्दो संसदीय जोडघटाउको खेल हुनसक्ने सम्भावना बढ्छ । मुख्य दलका शीर्ष नेताहरुको अभिव्यक्ति पनि नतिजाले मुलुक थप सकसमा जाने बताएका छन् । नेताहरुले संसदीय अंगणितको खेल थप घृणित खालको हुनसक्ने टिप्पणी गरेका छन् ।

“देशभरिको परिणाम हेर्दा संसद सरकार बनाउनै नसक्ने खालको देखियो”, ओलीले सांसदमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै झापामा भनेका छन्, “सरकार बनाए पनि त्यसलाई टिकाउन झन् गाह्रो हुने भयो ।”

उनले संसदभित्र घिनलाग्दो खेल हुनसक्ने भन्दै अगाडि भनेका छन्, “अब हरेक सांसदको भाउ बढ्ने भयो । देशको राजनीति एक/दुई महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आगामी राजनीति थप सकसपूर्णं हुने टिप्पणी गरेका छन् । प्रचण्डले राजनीतिक दल र नेताहरु गम्भीर भएर सोंच्नुपर्ने बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको