
रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित निर्माणाधिन घरमा काम गर्ने दाङ लमही नगरपालिका–३ मोतीपुरका २८ वर्षीय जगीराम चौधरीको बिहीबार दिउँसो मृत्यु भएको हो ।
तीनतलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।