back

एनआरएनएले पूर्वका तीन जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने

वि.सं.२०७९ मंसिर ९ शुक्रवार

198 

shares
NTC AD
Global IME AD

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र उदयपुरको गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार विहीवार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानवस्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रसंशा गरिन् ।

उनले कोरोना महामारीको बेला स्वास्थ्य समितिले खेलेको महत्वपूर्ण भूमिकाले मानिसहरुको जीवन रक्षा भएको बताइन । उनले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नु पर्ने बताइन् ।

नेपालमा स–सानो स्वास्थ्य परामर्शसमेत नहुने हुँदा स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले भनिन्, ‘क्यान्सरबिरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु ।’

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले विगत ७ वर्षदेखि स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा काम गर्दै आएको बताए । उनले संघको आयोजनामा भएका सम्मेलनहरु निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर काम गर्ने बताए ।

डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रुपमा आएको बताए । उनले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने बताए ।

बैठकमा डा. सागर पौडेलले मोरङ र सुनसरीका बिभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरुको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिए ।

बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णय समेत गरेको छ । बैठकमा डा. विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रमा रहेका स्थानीयहरुको स्वास्थ्य समस्याको बारेमा प्रकाश पारे । बैठकमा नेपालमा दाँत र आँखा जाँचको सम्भावनाको बारेमा छलफल भएको थियो ।

बैठकमा अनिसा भण्डारीले ‘शुन्य हेल्थ’ अन्तर्गत अनुरुप छोटो समयमा समस्याको पहिचान गर्ने प्रविधि नेपालमा आइसकेको जानकारी दिइन् । उनले नयाँ प्रविधिबाट एकै छिनमा टेष्टको नजिता निकाल्न सकिने बताइन । शुन्य हेल्थका प्रमुख पवन खड्काले नयाँ प्रविधि सस्तो र सुलभ भएको बताए । उनले ती प्रविधिहरु गाउँगाउँको स्वास्थ्य चौकीमा समेत प्रयोगमा ल्याउन सकिने बताए ।

बैठकमा सुमन्त बन्जाडे, डा. अरुण शाही, डा. सागर पौडेल, विश्वनाथ रिजाल, डा. अलोक भण्डारी, प्रभात अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. अनुज कंडेल, डा. युवराज रोका, डा. देवी बस्नेत, राधा पोखरेल, खगेन्द्र चपाई (कोस्टारिका) लगायतको सहभागिता थियो ।

बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय गरेको छ ।

विश्वभर ५ हजार नेपाली चिकित्सक र १५ हजार नर्स विदेशमा रहेका छन् उनीहरुलाई क्षेत्रीय रुपमा भेला गरेर नेपालीहरुको स्वास्थ्य समस्याका बारेमा मन्थन गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाको अध्यक्षतामा बसेको बैठकको संचालन एलिजा केसी र डा सागर पौडेलले गरेका थिए ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

मङ्लगबारे (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...