back

दोस्रो चरणको खेलमा यी राष्ट्रहरु आमने -सामने गर्दै

वि.सं.२०७९ मंसिर ९ शुक्रवार

111 

shares
NTC AD
Global IME AD

काठमाडौँ । कतारमा भईरहेको फिफा विश्वकप २०२२ को दोस्रो चरणको खेल आजबाट सुरु हुदैँछ । ३२ राष्ट्र सहभागी विश्वकपमा सबै राष्ट्रले पहिलो चरणको खेल खेलिसकेका छन् ।

दोस्रो चरणको खेलपछि धेरै समूहको विश्वकप यात्रा टुंगो लाग्ने छ । यो चरणको खेलमा सबैँ राष्ट्रहरु जित हासिल गरेर नकआउट चरणमा पूग्ने लक्ष्यमा हुनेछन् । दोस्रो चरणको खेल सकिदासम्म जारी विश्वकपको यात्रा तय गर्ने जम्म १६ राष्ट्र रहन्छन् ।

कति गते, कति बजे र को सँग दोस्रो चरणको खेल खेल्दैँ छन् त  ? फिफा विश्वकप तालिका  !

मंसिर ९ गते
आज शुक्रबार दोस्रो चरणको पहिलो खेलमा वेल्स र इरानबीच दिउँसो ३ः४५ मा प्रतिस्पर्धा हुने छ भने  समूह ‘ए’ को आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार बेलुका ६ः४५ बजे खेल्नेछ ।

त्यस्तै बेलुका ९ः४५ बजे हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्विडर भिड्ने छन् भने समूह ‘ए ‘को इङ्ल्यान्ड र अमेरिका मध्यरात १२ः४५ बजे आमने-सामने हुनेछन् ।

मंसिर १० गते
पहिलो चरणमा डेनमार्कसँग बराबरीले विश्वकप सुरु गरेको ट्युनिसियाले दिउँसो ३ः४५ मा अष्ट्रेलियासँग भिड्नेछ भने  पोल्याण्ड र साउदी अरेवियाको ६ः४५ मा प्रतिश्प्रर्धा हुनेछ ।

पहिलो खेल मध्यरातमा खेल्ने फ्रान्सको दोश्रो खेल भने बेलुका ९ः४५ मा डेनमार्कसँग हुनेछ । साथै समूह चरणको दोश्रो खेलमा अर्जेन्टिनाले मेक्सीकाेसँग राति १२ः४५ मा आमने- समाने गर्ने छन् ।

मंसिर ११ गते
एसियन पावरहाउस जापान र कोष्टारिकाबीचको खेल दिउँसो ३ः४५  हुनेछ भने बेलुका ६ः४५ मा बेल्जियम र मोरक्को भिड्न्त हुनेछ ।

त्यसैगरि ११ गतेको तेस्रो खेल क्रोयसिया र क्यानडाबिच ९ः४५ बाट सुरु हुनेछ भने त्यही रात १२ः४५ मा पहिलो चरणमा ७ गोल हानेको स्पेनसँग जर्मनीको आमने-सामने हुनेछ ।

मंसिर १२ गते
त्यसैगरि १२ गते दिउँसो ३ः४५ मा क्यामरुनले सर्वियासँग खेल्ने छ भने ६ः४५ मा दक्षिण कोरिया र घाना भिड्नेछन् । बेलुका ९ः४५ मा ब्राजिलले स्वीजरल्याण्डसँग भिड्नेछ भने मध्यरात १२ः४५ मा पोर्चुगल र उरुग्वे भिड्ने छन् ।

मंसिर १३ गतेबाट समूहका अन्तिम चरणका खेल सुरु हुनेछन् । अन्तिम चरणमा भने एउटै समूहमा दुई खेल हुनेछन् । एउटा समूहका सबै टोली एकसाथ भिड्नेछन् ।

 

 

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...