Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएले पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो ।

विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य रुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा पोखराबीच गतसाता एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिए । उनले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्ष्मण बानियाँ, गैरआवासीय नेपाली अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको