back

पृथ्वीसुब्बालाई बधाई दिँदै देव गुरुङले भने- वाम एकताको पहल गरौँ

वि.सं.२०७९ मंसिर ९ शुक्रवार

105 

shares
NTC AD
Global IME AD

लमजुङ । गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍याे ।

२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । `चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने ।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे। देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताकाे प्रयास गर्न प्रस्ताव गरेका छन् ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १७:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...