Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, नगद र शेयर बाेनस कति ?



काठमाडाैं । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले आउँदो पुस २७ गते वार्षिक साधारणसभाबाट आयोजना गर्ने निर्णय गरेको छ। सभा वीरगन्जको लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्डको कार्यालयमा सञ्चालन हुनेछ।

सोही साधारणसभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको