
रामेछाप । रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
तमाङले फराकिलो मतान्तरले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।
तमाङले ४७ हजार ९९ मत ल्याएर विजयी हुँदा ढुंगेलले ३० हजार ७३० मत प्राप्त गरेर पराजित भएका छन् । तामाङ र ढुंगेलबीच १६ हजार ३६९ मतले मतान्तर रहेको छ ।
त्यसैगरी प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ १७,१४८ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिश्प्रर्धी एमालेका शान्ति पौडेलले १५,१५७ मत पाए ।
त्यस्तै प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईं विजयी भएका छन् । चौलागाईंले २१,२३९ मत ल्याएर विजयी हुँदा एमालेमा मिलनकुमार घिसिङले गर्दा १७ हजार ४१३ मत प्राप्त गरेर पराजित भएका थिए ।