Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

१६५ क्षेत्रमध्ये १५६ को मत परिणाम सार्वजनिक, बाँकी ७ मा कुन दलको अग्रता ?



काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

निर्वाचन आयोगले एकसातामै प्रतिनिधिसभा सदस्यको मत परिणाम सार्वजनिक गर्ने मंसिर २२ गतेसम्म सबै नतिजा राष्ट्रपति समक्ष बुझाउने बताएका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

आयोगका अनुसार हालसम्मको नतिजा अनुसार कांग्रेसले ५३, एमाले ४१, माओवादी केन्द्र १७, एकिकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा ७/७ सिट जितिसकेका छन् । साथै जसपा ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३ र अन्य ८ गरी १५६ सिटको परिणाम आइसकेको छ ।

त्यसैगरी सुनसरीका १,३ र ४, दोलखा, स्याङ्जा, इलाम, उदयपुर १ र धनुषा ४ को मतपरिणाम आउन बाँकी रहेको छ । ती मध्ये कांग्रेस २, एमाले २ र राष्ट्रिय स्वतन्त्र पार्टी १ ठाउँमा अग्रता कायम गरेका छन् । साथै दोलखा, स्याङ्जा २ र बाजुराको भने मत गणना गर्न बाँकी छ ।

६ क्षेत्रमध्ये कहाँ कस्को अग्रता छ त ?

इलाम -१ मा एमालेका महेश बस्नेतले २०३८५ र (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल–१८२०५ ल्याएर बस्नेतचलाई पछ्याइरहेका छन् । साथै सुनसरी १ मा रास्वपाकी गोमा तामाङ १३,११७ ल्याएर अग्रता कायम गरेकी छन् भने जसपाका अशोककुमार राईले १२७०७ मत ल्याएर दोस्रो स्थानमा छन् । साथै (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बाले १०११६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

सुनसरी -३ मा एमालेकी भगवती चौधरी १६००५ मत ल्याएर अगाडि छन् भने कांग्रेसका विजयकुमार गच्छदाले ११६९५ र रास्वपाका कमल बाबु मैनालीले ५२८६ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

त्यसैगरी सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २३,४३९ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका जगदिश प्रसाद कुसियैतले २३३४१ मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन् । साथै रास्वपाका जिवन कुमार श्रेष्ठले २८५२ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी उदयपुर- १ मा कांग्रेसका नारायण खड्काले २१८३३ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेकी मञ्जु चौधरीले २०१२० मत ल्याएर दोस्रो बनेकी छन् ।

त्यस्तै धनुषा -४ कांग्रेसका महेन्द्र यादवले २१२२४ ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका रघुबीर महासेठले २०२०३ मत ल्याएर दोस्रो र जसपाका महाजन यादवले–४६०८मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको