
बेलायत । बेलायतमा रहेका कानुनी व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई निर्वाचित भएका छन् ।
शनिबार सेन्ट्रल लन्डनस्थित सोआस युनिभर्सिटीमा सम्पन्न एशोसिएसनको चौंथो अधिवेसनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
पूर्व डिएसपि शीवजी श्रेष्ठ निर्वाचन आयुक्त रहेको उक्त समितिको निर्वाचनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जसमा कार्यसमितिको उपाध्यक्षमा उत्तरमान तिगेला, सचिवमा जिनिता पन्धक, सहसचिव प्रकाश पोखरेल, कोषाध्यक्ष सरिता मगर, सहकोषाध्यक्ष रोजन भण्डारी तथा सदस्यहरुमा बिष्णु बुढाथोकी र विपिन रेग्मी चयन भएका छन् ।
एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेपाली दूतावास बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
बेलायतमा रहेका झन्डै तीन दर्जन नेपाली कानून व्यवसायीको सहभागीता रहेको उक्त कार्यक्रमको संचालक निबर्तमान महासचिव अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धकले रहेका थिए ।
बेलायतमा झन्डै १४ बर्षदेखि कानून व्यवसायी पेशामा आवद्द रहेर अनुभव संगालेका नवनिर्वाचित अध्यक्ष भट्टराईले बेलायतमा नेपाली कानून व्यवसायीहरुको संगठन, क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन गर्न आफु सधै लाग्ने पर्ने बताएका छन् । भट्टराईले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार आयोजना गर्ने, नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग प्रदान गर्ने समेत बताएका ।
आजै आयोजित सेमिनारमा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य,प्रा.डा.सूर्यप्रसाद सुवेदी,ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले बेलायत नेपाल सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्नु भयको र प्रश्नोत्तर समेत भयको थियो।
प्रमुख अतिथी राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध,बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास,न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बता उनु भयको थियो भने गोर्खा मुद्दामा लामो अनुभव संगालेका ब्यारिस्टर राफेलले भूतपूर्व गोर्खा र उनीहरुलाई न्याय तथा मानवअधिकार सम्बन्धमा आफ्नो विचार राखेका थिए।