back

साउदीको मक्कामा जान लागेकाहरुलाई विमानस्थलमा विदाई

वि.सं.२०७९ मंसिर ११ आइतवार

213 

shares
NTC AD
Global IME AD

बाँके । इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा बिदाई गरिएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गरेका हुन् । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गरेका थिए ।

उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगंज बिमान स्थलमा पुगेर बिदाई गरेका थिए । उनीहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्र्ने बताइएको छ ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल...