Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

फेरिएको नेतृत्वमा राप्रपाको छलाङ्ग



काठमाडौं । २०७४ सालसम्म आइपुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकै कमजोर अवस्थामा पुगेको थियो । ‘परम्परागत र राजावादी’ एजेण्डा बोक्ने राप्रपा टुटफुट र विभाजनबाट आक्रान्त मात्रै थिएन संसदीय व्यवस्थाभित्र नगन्य अवस्थामा पनि थियो । २०७४ को आम निर्वाचनसम्म आइपुग्दा राप्रपाको राष्ट्रिय पार्टीको हैसियतसमेत रहेन । २०७४ को निर्वाचनमा राजेन्द्र लिङ्देन प्रत्यक्षबाटै निर्वाचन लडेर संसद छिरेको भएपनि थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न सकेन ।

तर, मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट भने राप्रपाले ठूलो छलाङ्ग मारेको छ । ०७८ को मंसिरमा पार्टी नेतृत्व सम्हालेका राजेन्द्र लिङ्देनको नेतृत्वमा चुनावमा होमिएको राप्रपाले केन्द्र र प्रदेशमा बलियो शक्तिको रूपमा आफुलाई उभ्याएको छ ।

निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाबाट सात जना संघीय संसदमा र ११ जना प्रदेशसभामा निर्वाचित भइसकेका छन् । केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छै्रन भने सिट बाँँडफाँट पनि गरिएको छैन । तर, हालसम्म सार्वजनिक मतपरिणामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल मात्रै बनेको बन्ने छैन बलियो शक्तिको रूपमा पनि संसदमा रहने देखिएको छ ।

संघीय संसदमा लिङदेनसँगै दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् ।

यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क) ज्ञानुजंग लामा, धादिङ २ (ख) डम्बर तामाङ, काठमाडौं २ (क र ख) क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क) राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख) उद्धव थापा, काठमाडौं ९ (क) नुरज बज्राचार्य, रूपन्देही १(क) आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् ।

समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँटबाट पनि यो संख्या स्वतः बढ्नेछ । आइतबार अपरान्हसम्मको परिणामलाई हेर्दा, राप्रपाले समानुपातिकतर्फ पाँच लाख कटाएको छ । जसका आधारमा भन्न सकिन्छ राप्रपाले न्यूनतम समानुपातिकतर्फ केन्द्र सातको हाराहारीमा संख्या पुर्‍याउनेछ । साथै, राप्रपा बलियो पाँचौ पार्टीको रूपमा उपस्थित हुनेछ ।

नेतृत्वको प्रभाव

२०७८को मंसिरमा सम्पन्न महाधिवेशनबाट नेतृत्व मात्रै फेरिएको थिएन, परम्परागत राप्रपाभित्र युवाहरुको प्रवेश पनि भएको थियो । नेतृत्वमै युवाको प्रवेश हुँदा पार्टीको संगठनात्मक संरचना सुद्धढ भएसँगै जनप्रभाव पनि विस्तार भयो ।

पार्टी नेतृत्वमा आएसँगै लिङ्देनले पार्टीको पक्षमा ठूलो माहोल सिर्जना गराए । उनले थुप्रै कलाकारदेखि चर्चित हस्तिहरुलाई समेत पार्टीमा सहभागि गराए । रेखा थापालाई पार्टीकै जिम्मेवारीमा जोडेका लिङ्देनले मनिषा कोइरालासम्मलाई राप्रपाको प्रचारमा सहभागि बनाए ।

नयाँ वैकिल्पक शक्तिको निर्माणका लागि भन्दै पत्रकारिताबाट राजनीतिमा लागेका रवि मिश्रलाई नै उनले पार्टीको जिम्मेवारीमा ल्याए । लिङ्देनले अभियान्ताको रुपमा उदाएका ज्ञानेन्द्र शाहीको पार्टीको जिम्मेवारीमा मात्रै पुर्‍याएनन् संघीय सांसदको रुपमा समेत उभ्याउने बनाए । यो समग्र सफलता फेरिएको नेतृत्वले सम्भव भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको