
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सुरु गरेको छ ।
हाल जुम्लामा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई एक सय मिटर दूरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सिटिजन्स बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । यस शाखा मार्फत सम्पूर्ण बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।