
काठमाडौँ । आज सोमबार कतार विश्वकप २०२२ अन्तर्गत सोमबार समूह एचका दुई टोलीहरु पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुँदै छ । आगमी संसकारणको अनुसार यी दुई टिम नै शक्तिशाली टिमको रुपमा चिनिन्छ ।
नेपाली समयअनुसार मध्यराति १२ ४५ मा खेल सुरु हुनेछ । दुवै राष्ट्र शक्तिशाली भएकाले आजको खेलको प्रतिक्षा लाएक हुनेछ ।
यो खेल कतारको लुसेल स्टेडियममा हुनेछ । सोमबार हुने खेलमा जित हात पार्दै पोर्चुगल एक खेलअघि नै माथिल्लो चरणमा आफ्नो स्थान पक्का गर्न चाहन्छ भने उरुग्वे सोमबारको खेलमा जित हात पार्दै माथिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।
सोमबारको खेलमा पराजित भए उरुग्वेको माथिल्लो चरणको सम्भावना कमजोर बन्नेछ । त्यसैले दुवैका लागि सोमबारको खेलमा महत्वपूर्ण हुनेछ ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह चरणमै लुइस सुवारेजको टिम उरुग्वे प्रतिस्पर्धी पाएको हो । कुनै समयका यी दुई स्टार कट्टर प्रतिद्वन्द्वी हुन् । ला लिगा क्लब बार्सिलोनामा सुवारेज र रियल मड्रिडबाट रोनाल्डो खेल्थे ।
मेस्सीसँगै यी दुईबिच पनि गोल्डेन बुटको प्रतिस्पर्धा चल्थ्यो । मेस्सीका सहकर्मी सुवारेजले एक सिजन रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोलकर्ता समेत बनेका थिए । पछिल्लो समय यी दुवै स्टार ला लिगाबाट बाहिरिएका छन् । सधैं भेटिने सुवारेज र रोनाल्डोका देश पोर्चुगल र उरुग्वेको भने विश्व फुटबलमा बिरलै भेट हुने गरेको छ ।
अहिलेसम्म यी दुई टोली जम्मा तीन पटक भिडेका छन् । तर लगातार दोश्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए । जतिबेला उरुग्वेले २–१ ले पराजित गर्दै पोर्चुगलको यात्रा टुंग्याइदिएको थियो ।
त्यसअघि १९७२ मा १–१ को बराबरी खेलेका यी टोली १९६६ मा भेट हुँदा भने पोर्चुगल ३–० ले विजयी भएको थियो । तर ती दुवै खेल मैत्रीपुर्ण थिए । विश्वकपमा भने यो दोश्रो भेट हो ।