
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एमाले नेताहरुसँग तस्बिर सार्वजनिक गर्दै ‘तस्बिरमा सन्देश रहेको’ बताएकी छिन् । उनले एमाले उपमहासचिव विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्बिर सोमबार फेसबुकमा राख्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी हुन्।
भैरहवा विमानस्थलमा भएको भेटमा खिचिएको तस्बिर उनले सामाजिक सञ्जालमा राखेकी हुन् ।
गुल्मी–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।
उनी आबद्ध पार्टी एकीकृत समाजवादीले चुनावमा निकै कमजोर उपस्थित देखाइरहेको बेला केही नेताहरुले एमालेसँग मिल्नसक्ने टिप्पणी गरेका छन् । एमाले नेताहरुसँग भेट पछि उनको तस्बिरलाई अर्थपूर्णं रुपमा लिन सकिन्छ ।