
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जितेको रौतहट–१ मै समानुपातिक तर्फ एकीकृत समाजवादी तेस्राे बनेकाे छ ।
जारी मतगणनामा नेपाली कांग्रेस १९ हजार ११९ मत ल्याएर पहिलो बनेको छ भने नेकपा एमाले ११ हजार ८९ मतसहित दोस्रो नम्बरमा छ। एकीकृत समाजवादीले भने उक्त क्षेत्रमा अहिलेसम्म जम्मा ९ हजार ५७८ मत पाएको छ।
समानुपातिकतर्फकाे जारी मतगणनामा हालसम्म ९३ लाख ३६ हजार ९५४ मत गणना भइसकेकाे छ । हालसम्म एस २ लाख ५३ हजार ५४० मत पाउँदै आठाैें पार्टी बनेकाे छ । जसअनुसार एकीकृत समाजवादीलाइ थ्रेस होल्ड कटाउनै मुश्किल देखिन्छ ।