
काठमाडौं । गत आर्थिक वर्षको आम्दानीबाट शेयरधरीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हिमालयन डिस्टिलरीको सेयर मूल्यमा भने गिरावट आएको छ । लाभांश घोषणा पछि आइतबार बढेको सेयर मूल्य दोस्रो बजारमा सोमबार घटेको हो ।
आइतबार ४ हजार माथि पुगेको सेयर मूल्यमा सोमबार झण्डै एक सय रुपैयाँले गिरावट आएको छ । सोमबार कम्पनीको सेयर कारोबार उच्च रहेपनि २.३६ अंकले मूल्य घट्दै तीन हजार ९७० मा कायम भएकाे छ ।
सोमबार कम्पनीको १६ करोड मूल्य बराबरको ४१ हजार ५६ कित्ता किनबेच भएको थियो ।
साधारणतयाः लाभांश घोषणापछि दोस्रो बजारमा कम्पनीहरुको सेयर मूल्य बढ्ने गर्दछ । तर, हिमालयन डिस्टिलरीको भने बम्फर लाभांश घोषणा पछि पनि घटेको छ ।