back

बंगलादेशद्धारा विलासिताका सामान आयातमा रोक

वि.सं.२०७९ मंसिर १२ सोमवार

141 

shares
NTC AD
Global IME AD

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यद्यपि उनले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिएका छन् । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

बैठकपछि बङ्गलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेका थिए ।

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गर्नुभएको थियो ।(रासस÷सिन्ह्वा) ः

 

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...