Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

युक्रेन तनावपछि पुटिन र कजाकस्तानका नेताबीच भेटवार्ता



मस्को । कजाकस्तानका नेता कासिम–जोमार्ट तोकायेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार क्रेमलिनमा भेटवार्ता गरेका छन् ।

गत साता दोस्रो कार्यकालका लागि सेवा सुरू भएयता कजाकस्तानका नेताको यो पहिलो विदेश भ्रमण हो भने ६९ वर्षीय कजाखस्तानले मस्को भ्रमण गर्ने आफ्नो छनौट साङ्केतिक भएको बताएका छन् ।

“यो मेरो पहिलो विदेश भ्रमण हो र यो आफैंमा राजनीतिक महत्व र निश्चित प्रतीकात्मकता हो,” वार्ताअघि पुटिनको छेउमा बसेका टोकाएभले भने । “कजाकस्तानका लागि रुस सधैं रणनीतिक साझेदार हो र रहँदै आएको छ,” उनले भने ।

उक्त अबसरमा पुुटिनले टोकायेभसँग भने, “मस्को र अस्तानाबीचको सम्बन्ध ‘विशेष अवस्था’को छ ।

उनले आर्थिक सम्बन्धलाई मजबुत बनाउन आह्वान गर्दै भने, “अन्तर्राष्ट्रिय व्यापार सङ्कटमा परेको बेला आर्थिक समस्या समाधान विशेष गरी समयसापेक्ष छ ।

नेताद्वयले सोमबार नै कजाकस्तानको सीमा नजिकै रहेको रुसी शहर ओरेनबर्गमा व्यापारमा केन्द्रित अन्तरसरकारी मञ्चलाई भिडियो लिंकमार्फत सम्बोधन गरेका थिए ।

युक्रेनमा रूसको आक्रमणले कजाकस्तानलगायत उसका केही पूर्व सोभियत मित्रराष्ट्रहरूलाई चिन्तित तुल्याएको छ ।

गत साता अर्मेनियामा मस्को नेतृत्वको सीएसटीओ सुरक्षा समूहको शिखर सम्मेलनलाई सम्बोधन गर्दै टोकायेभले ‘शान्तिको सूत्रका लागि संयुक्त सामूहिक खोजी’ गर्न आह्वान गरेका थिए ।

“हामीले रुसी र युक्रेनी दाजुभाइ तथा दिदीबहीनीहरूलाई वर्षौंसम्म आपसी अस्वस्थ गुनासोका साथ अलग हुन दिनु हुँदैन ।”

तोकायेभले रूसमा सैन्य परिचालन बाट भागेका दशौं हजार रूसीहरूलाई कजाकस्तानमा रहन अनुमति दिइएको पनि उक्त अवसरमा बताए । (रासस/एएफपी)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको