Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्र बैंकद्धारा लघुवित्तको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जानकारी गराएको हो । उक्त निर्देशनको बुँदा नं १३ मा लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ ।

उक्त बुँदामा रहेका अन्य दुई वटा व्यवस्थालाई भने हटाइएको छ । यसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको पारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्तले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था पनि हटाइएको छ ।

‘वार्षिक २० प्रतिशतभन्दाबढी नगद वा बोनस लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने’ व्यवस्थालाई भने यथावत राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको