Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

टाटाका नेक्सन र टिगोर इभी किन्न एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने



काठमाडौं। टाटाका विद्युतीय गाडी नेक्सन र टिगोर खरिद गर्न चाहनेलाई एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ।

टाटाका विद्युतीय गाडी खरिद गर्न सहुलियतमा ऋण प्रवाह गर्न सोमबार एभरेष्ट बैंक र टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा बैंकले सिप्रदी र यसअन्तर्गत रहेका आधिकारिक बिक्रेताले बिक्री गर्ने नेक्सन र टिगोर इभी खरिद गर्न ८० प्रतिशतसम्म ऋण सहज रुपमा पाइने जनाइएको छ।

यसैगरी बैंकले विद्युतीय गाडी खरिदमा उपलब्ध गराउने ऋणको ब्याजदर पनि १२.८ प्रतिशत मात्र तोकिएको छ। बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ। यस्तै ऋण प्रवाह गर्न धेरै समय नलाग्ने पनि बैंकको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको