
दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखाबाट पनि सन्चालन हुने भएको छ । यसका लागि प्लानेट अर्थ सोलुसन र सजिलो कम्प्युटर सेन्टर बिच सञ्चालनका लागि सम्झौता भएको हो ।
प्लानेट अर्थ सोलुसनले विगत १० वर्षदेखि देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका सेवा प्रदान गरिरहेको छ । यो कामको लागि उसले दोलखामा सजिलो कम्प्युटर सेन्टरसँग सम्झौता गरेको हो ।
एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी बिज्ञ चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहालबिच चरिकोटमा सम्झौता भएको हो । अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ ।
कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुविधाहरु रहेको आइटी विज्ञ अधिकारीले जानकारी दिए ।