Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन ध्यानाकर्षण



काठमाडौं । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सुरक्षा कोषद्धारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले संघले स्थापना कालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

विदेशमा रहेका श्रमिकको श्रमको ठूलो हिस्सा नेपालमा रेमिटेन्सको माध्यमबाट भित्रिरहेकोले उनीहरुलाई आफ्नो देशप्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन सक्ने उनको भनाइ थियो ।
संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, कानूनी लगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उनले सरकारसंग सहकार्यका लागि तत्पर रहेको बताए ।

अध्यक्ष थापाले नेपाली कामदरहरुलाई वैदेशिक रोजगारमा जानु अघि अनिवार्य रुपमा सीप मुलक तालिम र गन्तब्य मुलुकको भाषा र रहन सहन बारे जानकारी दिनु जरुरी रहेको बताए ।

यसका लागि ७ वटै प्रदेशमा सीप तालिप केन्द्र स्थापना गर्न जरुरी रहेको र यसका लागि संघले नेपाल सरकारसंग समन्वय गरिरहेको छ ।
संघले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्नको लागि नेपाल सरकारसँग पहल गर्दै आएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरीय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर समेत भईसकेको छ । सो सम्झौता अनुरुप सहकार्य गरि संघ अघि बढ्न तयार रहेको पनि अध्यक्ष थापाको भनाइ थियो । उक्त सम्झौतालाई कार्यान्वयनमा थापाले आग्रह गरिन् ।

देशमा रहेका नेपालीको सामाजिक सुरक्षाका लागि रोजगारदाता मुलुकलाई पनि जिम्मेवार बनाउन पहल गर्नुपर्नेमा उनले जोड दिइन् । जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरुको जीवन यापनका लागि सामाजिक सुरक्षा अनिवार्य रहेको उनले बताइन् ।

अध्यक्ष थापाले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन, नेपालमा सीप तथा तालिम केन्द्र स्थापना गर्न र रिइन्ट्रिग्रेसनमा संघले सरोकारवाला निकायहरुसंग पहल गरिरहेको जानकारी गराइन् । त्यसमा संघ र नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको उनले बताए ।

 

 

 

अनेसासको सम्मेलन बोस्टनमा हुने
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०– १२ मा पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो ।
कार्यक्रमका लागि होलिडे–इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ ।
तीनदिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ ।
प्रथम च्याप्टर सम्मेलन २०१६ मा क्यालिफोर्नियामा आयोजना गरिएको थियो भने न्यूयोर्कमा महिला सम्मेलन गरिएको थियो । यसपटक दुईवटा सम्मेलन एकैपटक गर्न लागिएको हो ।
सहभागिताको लागि च्याप्टरहरूलाई पत्राचार गरिसकिएको अनेसास महासचिव विमला निरौलाले बताइन् ।
च्याप्टर सम्मेलनको लागि अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको संयोजकत्वमा समिति गठन भइसकेको छ । महिला सम्मेलनको लागि महिला समिति संयोजक अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले संयोजन गरिरहेको आयोजकले बताएका छन् ।
कार्यक्रममा च्याप्टरका गतिविधिहरू र महिला साहित्यकारका बारेमा कार्यपत्र प्रस्तुत र विश्वकाव्य गोष्ठी गरिने छ ।

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ भगवतीस्थानस्थित सडकमा बा.९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक २६ वर्षीय रवि घिमीरेको मृत्यु भएको हो ।
खोटाङ घर भई कपन मिलनचोकमा बस्ने घिमीरे दुर्घटनामा गम्भीर घाइते भएपछि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै टोखा नगरपालिका–६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको हो ।
सोमबार राति भएको उक्त दुर्घटनामा नुवाकोट पंचकन्या गाउँपालिका–४ का कँडेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको