Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

माओवादी नेतृत्वको चुनावी चिरफार : जित्न साहारा चाहिने, हार्नेको हराई शर्मनाक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र आम चुनावप्रति ठूलो त्रास देखियो । चुनाव उठेका उम्मेदवारको संख्याले पनि त्यो विषयलाई पुष्टि गर्छ ।

२१ सदस्यीय पदाधिकारीमा उपाध्यक्षसहितको ठूलै समूह चुनावमा जान डरायो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ त राष्ट्रिय सभा सदस्य भएको कारण चुनावमा परिक्षण हुन चाँसो देखाएनन् तर, उपाध्यक्ष कृष्णबहादुर महरासहित ठूलै पंक्ति इच्छुक देखिएन ।

सात सदस्यीय उपमहासचिवका एक हरिबोल गजुरेल चुनाव लड्न चाहेको भएपनि टिकट पाएनन् तर, नौ सचिवमध्ये देवेन्द्र पौडेल र चक्रपाणी खनाल चुनाव लड्न कस्सिँदा अन्य पछाडि हटे ।

पटक–पटक लाभको पदमा बसेका दिनानाथ शर्मा चुनावको नामबाटै टाढा रहे । श्रीमान् र श्रीमति नै पदमा बसिरहने र लाभमा पनि पुग्ने लिलामणी पोखरेलले पनि चुनाव उठ्न चाँसो दिएनन् । उनकी पत्नी शशी श्रेष्ठ बहालवाला मन्त्री भएपनि चुनावमा उठ्ने जाँगर गरिनन् ।

नेता हितमान शाक्यलाई २०७४ कै चुनावले तर्साइरहेको देखिन्छ । निरन्तर समानुपातिकको कोटाबाट संसद छिरिरहेकी पत्नी अमृता थापालाई भने यसपटक प्रदेशसभामा उठाएको भएपनि उनले जित्न सकिनन् । स्याङ्जा १ (ख)बाट उठेकी थापाले हार व्यहोरेकी छिन् ।

सामाजिक सञ्जाल र मिडियामा छाइरहने राम कार्की यसपटक चुनावबाट टाढै रहे । उनीसँगै अर्का सचिव डिलाराम आचार्य र कोषाध्यक्ष श्रीराम ढकाल प्रशान्तले पनि चुनावमा जाने चाँसो देखाएनन् ।

जित्नेले पनि मुस्किलले जिते

निर्वाचन क्षेत्र फेरिरहने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक माओवादीका निम्ति निकै सहज मानिएको गोरखा २ बाट विजयी भए । प्रचण्डले अन्तिम समय मात्रै चितवन ३ लाई छाडेका थिए । गोरखा २ मा मुख्य प्रतिस्पर्धी कांग्रेस र डा. बाबुराम भट्टराई पक्ष आफुँसँगै हुँदा उनलाई चुनाव जित्न सहज भएको थियो । तर, प्रचण्डले अपेक्षा गरेअनुसार उनको पक्षमा मत भने आएन ।

माओवादीको प्रभाव क्षेत्र मानिएको रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा चुनाव जित्न केही सहज बन्यो । तर, चुनावी परिणामलाई हेर्दा, विगतमा नगन्य अवस्थामा देखिएका शक्ति थप बलिया रुपमा उदाए । रुकुम पश्चिमबाट उपमहासचिव जनार्दन शर्मा विजयी भएपनि उक्त क्षेत्रमा एमाले र स्वतन्त्रको बलियो उपस्थिति बन्यो ।

यता, रोल्पा १ बाट वर्षमान पुन र जाजरकोट १ बाट शक्ति बस्ने विजयी भए । तर, दुवै क्षेत्रमा पनि एमाले र अन्य शक्तिको उपस्थिति बलियो देखियो । जाजरकोटमा बस्नेतलाई एमाले उम्मेदवारले निकै बलियो टक्कर दिएका थिए ।

पार्टी सचिव देवन्द्र पौडेल बाग्लुङ २ बाट विजयी भए । स्थानीय चुनावमा बाग्लुङ २ मा निकै कमजोर देखिएको माओवादी गठबन्धनकै सहयोगमा चुनाव जितेकोमा कुनै दुविधा छैन ।

कतिपयको हराई शर्मनाक

गठबन्धन गरेको भएपनि महासचिव देव गुरुङले चुनाव जित्न सकेनन् । लम्जुङबाट उठेका गुरुङ कांग्रेस र एकीकृत समाजवादीको साथ पाउँदा पनि हारे । उनलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले झण्डै तीन हजार मतान्तरले हराएका छन् ।

पदाधिकारीमा एक्ली महिलाको रुपमा रहेकी पम्फा भुसाल यसपटकको चुनावमा नराम्रोसँग पराजित भइन् । ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाललाई गठबन्धनले सघाउँदा पनि प्रतिस्पर्धी मतसमेत ल्याउन सकिनन् । उनको हराई निकै शर्मनाक खालको छ ।

महोत्तरी १ बाट पराजित भएका गिरिराजमणी पोखरेल निकै प्रतिस्पर्धी भूमिकामा देखिए पनि चुनाव जित्न सकेनन् । उनलाई एक हजार मतान्तरले एमालेका सामान्य उम्मेदवारले हराएका छन् ।

धुनषा १ बाट उम्मेदवार बनेका मातृका यादवपनि प्रतिस्पर्धीभन्दा झण्डै ६ हजार मतान्तरले हारेका छन् । सत्ता गठबन्धनको साथ पाएपनियादवलाई जसपाका सामान्य उम्मेदवारले हराएका छन् ।

पटक–पटक मन्त्री बनेका चक्रपाणी खनाल ‘बलदेव’ पनि यसपटकको चुनावमा नराम्रोसँग पराजित भए । कपिलवस्तु १ बाट उम्मेदवार बनेका उनलाई एमालेका उम्मेदवारले झण्डै दोब्बर मतान्तरले हराए । गठबन्धनका दलहरुको साथ पाउँदा पनि निकै कमजोर मत ल्याएर हार्नु सामान्य देखिन्न ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको