
काठमाडौं । कतारमा भईरहेको विश्वकप फुटबलमा आज समूहका अन्तिम चरणका खेल सुरु हुँदै छन् । अन्तिम चरणका खेलहरू समूहका सबै टोलीको एकसाथ हुनेछ ।
मंसिर ४ गते सुरु भएको विश्वकपमा समूहका दोस्रो चरणका खेल सोमबार रातिदेखि सकिएका छन् । तेस्रो चरणका खेलपछि हरेक समूहबाट दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
समूह विजेता र उपविजेताका रूपमा नकआउटमा पुग्ने टोलीले अर्को समूहसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एउटा समूहका विजेता अर्को समूहका उपविजेतासँग भिड्नेछन् ।
तेस्रो चरणका खेलपछि समूहका विजेता र उपविजेता गरी १६ टोलीको टुंगो लाग्ने छ । यसअघि नै कतार र क्यानडा बाहिरिने निश्चित हुँदा पोर्चुगल, फ्रान्स र ब्राजिल भने नकआउटमा पुग्ने पक्का भइसकेको छ । बाँकी २५ टोलीमध्ये जुनसुकै १३ टोली अन्तिम १६ मा पुग्ने सम्भावना छ ।
मंसिर १३
समूह ‘ए’ को खेल साँझ ८ः४५ मा हेर्न पाइन्छ । इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड र कतार भिड्ने छन् भने समूह ‘बी’का खेलका लागि भने मध्यरात कुर्नु पर्नेछ । समूह ‘बी’ को खेलमा इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्ड १२ः४५ मा एकसाथ आमनेसामने हुनेछन् ।
मंसिर १४
समूह ‘डी’का खेल साँझै ८ः४५ मा ट्युनिसिया र फ्रान्स तथा अस्ट्रेलिया र डेनमार्क राति भिड्नेछन् । त्यसैगरि समूह ‘सी’को खेल हेर्न चाहि मध्यरात सम्म कुर्नपर्छ । अर्जेन्टिना र पोल्यान्ड तथा साउदी अरेविया र मेक्सीकोबिचको खेल भने राति १२ः४५ बजे सुरु हुनेछ ।
मंसिर १५
समूह ‘ए’फका खेल साँझ हुनेछ भने समूह ‘ई‘ का खेलका लागि मध्यरात सम्म कुर्नपर्छ । समूह एफका क्रोयसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल बेलुका ८ः४५ मा खेल्नेछन् । समूह ‘ई‘का जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल भने राति १२ः४५ बजे हुनेछ ।
मंसिर १६
समूह ‘ए‘चको खेल साँझ ८ः४५ बजे सुरु हुनेछ । दक्षिण कोरिया र पोर्चुगलबीचको तथा घाना र उरुग्वे सामना गर्नेछ । मध्यराति १२ः४५ बजे समूह ‘जी‘ का खेल हुनेछन् । सर्विया र स्विजरल्यान्ड तथा ब्राजिल र क्यामरुन भिड्नेछन् ।
मंसिर १६ गते राति समूह चरणका खेल सकिनेछन् र लगत्तै अन्तिम १६ का खेल सुरु हुनेछन् ।