२० चैत, जनकपुरधाम । मिथिला नाट्य कला परिषद्को अध्यक्षमा परमेश झा चयन हुनुभएको छ ।
परिषद्को यहाँ सम्पन्न ३७ औँ साधारण सभाले झालाई सो संस्थाको अध्यक्ष पदमा चयन गरेकोे हो ।
परिषद्को उपाध्यक्षद्वयमा सङ्गीता देव र ललित कामत, महासचिवमा शैलेन्दकुमार मल्लिक, सचिवमा सन्दिप साह र कोषाध्यक्षमा अनितारानी मण्डल तथा सदस्यहरुमा गङ्गाकान्त झा, चन्द्रशेखर यादव, मुकेश ठाकुर, सन्नी राउत, धीरज ठाकुर, नवीन ठाकुर र मुकेश झा छानिनुभएको छ ।