Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित



कटारी । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् ।

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहे । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको