
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार एक कराेड २४ हजार ३०५ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।
अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्ने निश्चित छ । एमालेले २६ लाख ९९ हजार २५७ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५६ हजार २४७ मतसहित पछ्याइरहेको छ ।
तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४२ हजार ७५२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १४६ मतसहित पछ्याइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६८३ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९५ हजार ६८३ रहेको छ ।
एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५८ हजार ८८३ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ४८६ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ४४ हजार ३५२ रहेको छ ।