back

कालोसूचीमा यी १२ कम्पनी, साढे २ वर्षसम्म काम गर्न रोक

वि.सं.२०७९ मंसिर १४ बुधवार

99 

shares
NTC AD
Global IME AD

काठमाडाैं । सरकारले समयमै काम पूरा नगर्ने १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कार्यालय कालोसूचीमा राखेको हो।

कार्यालयले भारत–सप्तकोशी जेभी (काठमाण्डौ), हाइवे कन्स्ट्रक्सन प्रालि (चितवन), विधि बिल्डिर्स प्रालि (काठमाण्डौ), साइबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा (जाजरकोट), अनुकूल निर्माण सेवा (जुम्ला), हाइग्रिभा/सिद्धि साई प्रकाश जेभी (काठमाण्डौ), पाँचखाल कन्स्ट्रक्सन प्रालि (काठमाण्डौ), प्रभु निर्माण सेवा (सुर्खेत), सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्तायर्स प्रालि (काठमाण्डौ), एसएसके निर्माण सेवा प्रालि (रुपन्देही), सुमदिवी कन्स्ट्रक्सन (कैलाली) र नीलगिरी/नेसनल/क्यानोन जेभी (मकवानपुर) रहेका छन्।

यीमध्ये भारत–सप्तकोशी जेभीलाई २ वर्ष ६ महिना, हाइग्रिभा/सिद्धि साई प्रकाश जेभीलाई २ वर्ष र बाँकी कम्पनीलाई १ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा राखिएको अवधिमा यी कम्पनीले कुनै पनि सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

वि.सं.२०७९ मंसिर १४ बुधवार १२:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...