Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैंकिङ एपबाटै भुक्तानी गर्न सकिने



काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूलाई ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने भएको छ। इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो।

हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको छ।

हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।

भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध थिए। अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधाबाट लाभ लिन सक्ने एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बताए।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्ट च्वाइस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको