२० चैत, सप्तरी । आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई शैक्षिक विकासका लागि यहाँ साइकल वितरण गरिएको छ ।
गुरु रविदास फाउन्डेसन नेपालले सांसद रमणीदेवी रामको संसदीय विकास कोष अन्तर्गत सप्तरीको डिवनमा ५६ जना दलित, गरिब र जेहेन्दार छात्रछात्रालाई साइकल वितरण गर्नुभयो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कपलेश्वर राम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष विनोदकुमार यादव, युवा पत्रकार शुभनारायण यादव, युवा नेता हुलसित यादव लगायतकाले दलित, गरिब तथा जेहेन्दार छात्रछात्रालाई पठनपाठनको लागि सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । रासस