back

नाइजेरियाका साठी लाख गर्भवती तथा बालबालिकालाई सहयोग गर्न राष्ट्रसङ्घको आग्रह

वि.सं.२०७९ मंसिर १५ बिहीवार

99 

shares
NTC AD
Global IME AD

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ ।

यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरुका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन् ।

उनले यहाँका पाँच लाख भन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताएका छन् । उनीहरुका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरुसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए ।

विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यस वर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण समेत नागरिकहरु प्रभावित भएकाले उनीहरुलाई अहिलोका लागि खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए ।

सन् २०२२ को मे महिनादेखि नै ती उत्तरी क्षेत्रमा खाद्यान्न अभाव रहेको र यहाँका बालबालिकाले कुपोषणको समस्या झेल्दै आएका पनि उनले बताए । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले केही रकमको व्यवस्था गरी हाललाई यहाँका दश हजार घरपरिवारका मानिसलाई खाद्यान्नको जोहो गरिरहेको भए पनि यो पर्याप्त नरहेकाले थप सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । सिन्ह्वा

 

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...