back
CTIZAN AD

२८७ मतदाता शिक्षक खटाउने तयारी

वि.सं.२०७३ चैत २० आइतवार

735 

shares

२० चैत,भीमदत्तनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाताको ज्ञानका लागि यहाँका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षक खटाउने तयारी गरेको छ ।

जिल्ला निर्वाचन अधिकृत केशवसिंह भण्डारीले कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिमा दुई सय ८७ जना मतदाता शिक्षक खटाउने जानकारी दिनुभयो । मतदाता शिक्षकले मतदातालाई मतपत्र चिह्न, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम, मतपत्र पट्याउने लगायतका विषयमा जानकारी गराउने निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । “अहिले मतदाता शिक्षक छनोट कार्य भइरहेको छ,” उहाँले भन्नुभयो – “वैशाखको पहिलो साताभित्रै प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षक परिचालन गरिसक्छौँ ।”

नगरपालिकाका सामाजिक परिचालक, महिला स्वयम्सेवक, विद्यालयका पूर्वशिक्षक/शिक्षिकालाई मतदाता शिक्षकमा छनोट गरी प्रशिक्षण पछि कार्यस्थलमा खटाइनेछ ।

त्यसैगरी, निर्वाचनका लागि यहाँका नगरपालिका र गाउँपालिकामा गरी नौवटा निर्वाचन कार्यालय स्थापना गर्ने तयारीसमेत भइरहेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । “स्थानीय तह निर्वाचन कार्यालयका लागि नौजना निर्वाचन अधिकृत खटाइनेछ,” निर्वाचन अधिकृत भण्डारीले रासससँग भन्नुभयो – “निर्वाचन अधिकृत निर्वाचन आयोगले केन्द्रबाट परिचालन गर्नेछ ।”

दुई लाख ३० हजार मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी करिब एक लाखभन्दा बढी मतदाता भीमदत्तनगरपालिकामा रहेका छन् ।

नयाँ शक्तिको ज्ञापन

चुनाव चिह्नका लागि आन्दोलनरत नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरले आइतबार जिल्ला निर्वाचन कार्यालयमा मागसहितको ज्ञापन बुझाएका छन् । दलीय चुनाव चिह्न नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित निर्वाचन कार्यालयमा नयाँ शक्ति पार्टीका नेताले ज्ञापन बुझाएको जिल्ला निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।

“माग पूरा नभए भोलिदेखि कार्यालयमा धर्ना दिने भनेका छन्” – उहाँले भन्नुभयो ।

वि.सं.२०७३ चैत २० आइतवार १२:१६ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...