back

गल्फ लुब्रिकेन्टको रौतहटको चन्द्रपुरमा शोरुमको उद्घाटन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार

99 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जयसवाल ट्रेडिङ कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ ।

ग्राहकलाई उच्च सेवा प्रदान गर्न सो नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले शोरुमको उद्घाटन गर्दै कम्पनीले नेपालमा नै उच्चतम गुणस्तरीय गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको बताएका थिए । कम्पनीको नेपालमै रहेको शोरुम मध्ये सबैभन्दा ठुलो शोरुम रौतहटमै रहेको हुँदा यसमा गर्व गर्नुपर्ने उनले बताए ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटाले व्यवासायिकतामा युवाको पनि भूमिका महत्वपूर्ण रहने भन्दै जयसवाल ट्रेडिङ कन्सर्नका संचालक रवि जयसवालले सावित गरेको बताए । साथै उनले कन्सर्नको थप प्रगतिको कामना गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराईले नयाँ उच्चस्तरीय शोरुमबाट गल्फ ब्रान्डको सम्पूर्ण उत्पादनहरु ग्राहकमाझ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ट्रेडिङ कन्सर्नका संचालक रविले जिल्लामा गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्दै आएको र आगामी वर्षमा थप बिक्री गर्दै उत्कृष्ट शोरुम बनाउने बताए ।

कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद समिर भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, प्रेस चौतारीका रमेश तिमल्सिना खेलकुद महासंघ रौतहटका अध्यक्ष मधुसुदन धिताल र गल्फ लुब्रिकेन्टका रिटेलरहरुको सहभागिता रहेको थियो ।

कम्पनीले ३५ वर्षदेखि गल्फ लुब्रिकेन्ट उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट उत्पादन गरिरहेको छ । गल्फ लुब्रिकेन्टको अन्तर्राष्ट्रिय रुपमा स्थापित ब्रान्ड हो ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०८:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...