
लन्डन । गुल्मी जिल्ला समाज युकेले गृहजिल्ला गुल्मीका मिर्गाैला रोगले पीडित व्यक्तिको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
दुबै मिर्गौला खराब भई उपचार गराईरहेका जिल्लाको सत्यवती गाउँपालिका वडा नं ७ जुनिया निवासी ४६ वर्षीय सेर बहादुर खत्रीलाई समाजले उपचारका लागि १ लाख ६९ हजार ७८५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त रकम समाजले विभिन्न व्यक्तिहरुको सहयोगमा सकंलित रकम मसिंर ८ गते हस्तान्तरण गरेको हो ।
गुल्मी जिल्ला समाज युकेको तर्फबाट समाजका संस्थापक अध्यक्ष ओम थापा काउचाका माईला दाजु काउचा भाई मुलसमाज तराई क्षेत्रका अध्यक्ष हनेरी सुबेदार मेजर थमान सिह काउचा र भिषम शाहीका दाजु जुनिया सम्पर्क समाज तराईका अध्यक्ष सुबेदार खड्क बहादुर शाही लगायतले बिमारीको जीवन बचाउ अभियानकर्ताका कान्छा बाबा सुबेदार लोक बहादुर खत्रीमार्फत उक्त सहयोग रकम पठाइएको समाजले जनाएको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका खत्री हाल भारतको जुपिटर अस्पतालमा उपचाररत रहेका छन् । दुबै मिगौला खराब भएकाले मिर्गौला प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिएपनि आर्थिक अवस्थाका कारण उनको उपचार हुन सकेको छैन । उनलाई उपचारमा सहयोग गर्न साथै उनको जीवन रक्षाका लागि बेलायतबासी गुल्मेली एवम् विभिन्न क्षेत्रबाट सहयोग रकम सकंलन भएको गुल्मी जिल्ला समाज युकेले जनाएको छ ।
गृह जिल्लामा रहेका असहाय, विपन्न तथा अपागंता भएका व्यक्तिहरुका लागि समाजले निरन्तर सहयोग गर्दै आईरहेको भन्दै गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बिर बहादुर बरालले शेर बहादुर खत्रीको उपचारका लागि विभिन्न ठााउँबाट आर्थिक सहयोग गर्ने सम्पूर्णमा धयनवाद ज्ञापन गरेको छ ।
त्यसैगरी गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम थापा काउचाले पनि यस पुण्य कार्यमा सहभागी हुने सम्पूर्ण मनका र धनका धनी पबित्र परोपकारी दानबिरहरूलाई धन्यवाद दिएका छन् ।