Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु



काठमाडौँ । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको त्यहाँको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका बेला उनीहरु सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

उनीहरु सवार रहेको ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो समयमा नाइजेरियामा सवारी दुर्घटना सामान्य जस्तो हुदै गएको छ । सडकको खराब अवस्थाका साथै सवारी चालकको असावधानीका कारण यहाँ सडक दुर्घटना दिन प्रतिदिन बढ्दै गएको पाइएको त्यहाँको प्रहरीले बताएका छन् । ऐजेन्सीबाट

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको