
भुवन शिवाकोटी चौघरे, काठमाडौं
आखिर
यो दुनियाँ जति नै प्रिय भए पनि
भोका बारुला
अरिंगालको समाज हो
यी
अरिंगालले
फूलको बोटमा होस् वा ओठमा
भेट्यो की
पहिलो सिकार
माहुरीलाई नै बनाउछन्
उनीहरूलाई थाहा छैन
एउटा मौरी नहुँदा
कति फूलहरू बाँझो बस्छन्
र
कति घरमा
उज्यालो मैन बत्ती बल्दैन ।