Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा : ढाेंगी बाजे



अनुराग अरुण, ललितपुर

शिवप्रसाद उपाध्याय नम्बरी संस्कारी बाहुन हुन् । गाउँलेहरु उनलाई ‘शिव बाजे’ भनेर बोलाउने गर्छन् । जातभात र छोइछिटोका कट्टर छन् । अचेल उनी पनि सर्लक्क फेरिएका छन् । आजकाल उनी दमित, दलित र जनजातीको हक अधिकारका कुरा बढी गर्छन् । जातभात र छोइछिटो गर्नु हुन्न भनेर गाउँलेहरुलाई सम्झाउने गर्छन् ।

गाउँको टोलमा दलितहरुले एक कार्यक्रमको आयोजना गरेको रहेछ । शिव बाजेलाई अतिथी बनाएका रहेछन् । सो कार्यक्रममा उनले भाषण गर्दै भने, ‘मान्छेको दुई जात हुन्छ, पुरुष र महिला । यो बाहेक अरु सबै जात मान्छेले नै बनाएको हो । यो सब वाहियात हो । त्यसैले हामीले सानो तल्लो जाती भनेर कसैलाई हेप्नु हुन्न । छोइछिटो गर्नु हुन्न । यसो गर्नु महापाप हो ।’ सुनेर सबैले थपडी बजाए ।

कार्यक्रम सकियो । खानपानको पनि व्यवस्था रहेछ । शिव बाजेलाई दलितहरुले खान आग्रह गर्छन् । ‘आज मेरो व्रत छ । केहि खानु हुन्न ।’ भन्दै घर फर्किए ।

आँगनमा पुगेपछि बजैलाई झम नुहाउँछु, तौलिया लाउने कपडा लेर आइज, भन्दै अर्हाए । बजैले कपडा ल्याइदिइन् । धारामा नुहाउन थाले । नुहाइ सकेपछि बजैलाई सुन पानी छर्किन भन्छन् । सुन पानी छर्के पछि तुलसी मोठमा गएर धुपबत्ती बालेर पूजा गर्छन् । अनि घर भित्र गएर बजैलाई भन्छन् ‘कस्तो भोक लागिरहेको छ । छिट्टै भात पस्की । ’ सुनेर बजैले सोध्छीन््, ‘कार्यक्रममा गएको मान्छे यतिबेला सम्म भोकै बस्ने हो, त्यहाँ खुवाएनन् ?’ बुढिको कुरा सुनेर शिवबाजे भन्छन् ‘दमाई कामीले छोएको पनि कहिं खान्छ ?’ बाजेको कुरा सुनेपछि बजेले उत्निखेरै ओठे जवाफ लाउँछिन्, ‘अनि खानै नहुने ठाउँमा किन गएको त ?’ शिवबाजे भन्छन्, ‘सम्झी बुझी यसै प्याट्ट नकरा बुढी ! यसपाली चुनावमा गाउँको अध्यक्षमा उठ्ने विचार गरेको छु । उनिहरुको भोट पाउनका लागि जानू परेन ?’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको