Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

दोलखा निर्वाचन अपडेटः कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटी अगाडि



काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

मतगणनाको सुरुवातीमा माओवादी केन्द्रका कार्कीले अग्रता कायम गरे पनि आइतबार बिहानसम्म गरिएको मत गणनाको परिणम अनुसार एमालेका सिवाकोटीले १३२५ मतसहित अग्रता कायम गरेका हुन् ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइरहेका छन् ।

जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले नौ हजार तीन सय ३७३, कांग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार दुई सय ४७ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुस १० मा भएको सहमतिअनुसार

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा