Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

माओवादीले किन खेल्यो ‘एमाले कार्ड’ ?



काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिबार बसेको माओवादी केन्द्रको बैठकले वर्तमान सत्ता गठबन्धनको पनि विकल्प बन्नसक्ने निर्णय गरेको हो ।

शनिबार दिउँसो पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफलपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला रहेको बताएका हुन् । “बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प पनि खुला राखिएको छ”, बैठकको निर्णयबारे महराले भनेका छन् ।

कांग्रेससँगको गठबन्धन २० औं वर्ष कायमै राख्ने बताइरहेका बेला पछिल्लो निर्णयले गठबन्धन फेरबदलको संकेत गरेको छ । माओवादीको यो निर्णयसँगै वर्तमान सत्ता गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्ने पनि सम्भावना बढाएको छ ।

पछिल्लो समय माओवादी र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने छलफल चलिरहेको थियो । तर, माओवादीको प्रस्तावलाई कांग्रेसले वास्ता नगरिरहेका बेला माओवादीले एमालेसँगको सहकार्य ‘एमाले कार्ड’ निकालेको हो ।

उसो त निर्वाचनको सुरुवाती परिणाम आइरहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन नै गरेर सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले विगतलाई बिर्सेर नयाँ शिराबाट सहकार्य गर्न आग्रह गरेका थिए ।
माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलले पनि एमालेसँग सहकार्य हुनसक्ने बताएका थिए । एक कार्यक्रमका बीच उनले एमालेसँगको सहकार्यको सम्भावना औंल्याएका थिए ।

यता, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले पनि सबैले गल्ती कमजोरी सुधारेर वामएकताका लागि पहल हुनुपर्ने प्रतिक्रिया दिएका छन् । ‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, नेम्वाङले भने । उनले एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादी र माओवादीलाई सहकार्यमा आउन अपिल समेत गरेका थिए ।

एमाले माओवादी मिले कस्तो बन्ला समिकरण ?

हालसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६३ सिटको अन्तिम परिणाम आइसकेको छ । बाँकी दुई सिटको गणना जारी छ । जहाँ एक स्थानमा कांग्रेसले एक स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । यही अग्रता अन्तिमसम्म कायम राखे कांग्रेसको सिट ५७ पुग्नेछ भने माओवादीको १८ । यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात, सात सिट जितेका छन् । यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एकएक तथा ५ जना स्वतन्त्र छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेकाले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ । यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ ।

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ । सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले यो गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन हु्नुपर्ने देखिन्छ ।

तर, हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुनेदेखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । यी पार्टीको पनि भूमिका महत्वपूर्ण हुने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको