
काठमाडौं । बैतडीको पन्चेश्वरमा गाउँपालिकाकी एक युवतीको हत्याका आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहारको हत्याको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यका अनुसार कोलीलाई महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत रहेका २२ वर्षीय कोलीले लुहारको हत्या गरेको भन्दै उनको परिवारले किटानी जाहेरी दिएका थिए ।
लुहारको गत बुधबार दिउँसो सोहि गाउँपालिकाको वडा नं ६ को जंगलमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शब फेला परेको थियो ।
२१ वर्षीया लुहार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा शिवनाथ गाउँपालिका वडा नं ४ को मतदान केन्द्रमा खटिएकी थिएन् । file-photo