Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

डा.सिके राउतको राजनीतिक दौडधुप, नयाँ सरकार गठनमा बन्लान् त निर्णायक ?



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिक भेटघाट तिब्र रुपमा बढाएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. राउत यतिबेला देशका ठूला राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा व्यस्त छन् । त्यसमा पनि विशेषत उनी सत्ता गठबन्धनका दलहरुसँगको भेटघाटमा व्यस्त छन् ।

राउतले सोमबार बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन् । उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको डा. भट्टराईले बताएका छन् ।

‘जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसंग समसामयिक राजनीतिवारे उपयोगी छलफल । मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा वहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी ।’ डा. राउतसँगको भेटपछि डा. भट्टराईले भनेका छन् ।
राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड। विमलेन्द्र नीधिलगायतका नेताहरुलाई पनि भेटघाट गरेका छन् ।

बन्लान् त निर्णायक शक्ति ?
प्रत्यक्षमा एक सिट र समानुपाति तर्फ ५ सिट गरी जम्मा ६ सिट प्राप्त गरेको जनमत पार्टी नयाँ सरकार गठनका लागि ठ्रला दलका लागि निर्णायक पार्टी बन्न सक्ने विश्लेषण गर्दै आइएको छ भने डा. राउतले पनि संसदमा बहुमत पुर्याउनका लागि आफ्नो दल निर्णयक हुने विभिन्न कार्यक्रमहरुमा बताउँदै आएका छन् ।

संसदमा निर्वाचित भएलगत्तै डा. राउतले मधेशी जनताका मुद्दा स्थापित गर्न सरकारमा सहभागी हुनैपर्ने बताउँदै आएका छन् । उनको पछिल्लोपटक भएको सत्ता गठबन्धन दलका नेताहरुसँगको तिब्र भेटघाटलाई पनि उनको पार्टी सत्ता गठबन्धन दलका लागि नयाँ सरकार निर्माणमा निर्णायक हुन सक्ने बताइएको छ । साथै गठबन्धनले पनि राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको बताइएको छ ।

डा. राउतले जनताले आफु र आफ्नो पार्टीलाई अन्तिम आशाको रुपमा हेरिरहेको र जनताका लागि ‘गर या मर’ भन्ने अवस्थामा आफुहरु रहको बताउदै आएका छन् । उनले एउटा व्यक्ति प्रधानमन्त्री वा मन्त्री हुँदैमा केही गर्न नसक्ने तर जनताको साथ पाएमा धेरै काम गर्न सकिने बताउँदै सोहि अनुसार आफु अगाडि बढ्ने बताउँदै आएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको