Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएको नि:शुल्क स्वास्थ्य शिविरमा १५० बढीले सेवा लिए



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनमा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका विरामीहरु सहभागी थिए ।

शिविरमा तीस भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरुले चिकित्सा सम्बन्धी विषयमा परामर्श प्रदान गरे ।

स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा. सागर पौडेल र डा सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गतसाता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको