
काठमाडौं । भक्तपुर र ललितपुरमा २ पुरुष मृत फेला परेका छन् ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक गणेश मन्दिर जंगलमा नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुर, गोदावरी नगरपालिका–११ चापागाउँ डेरा गरी बस्ने नुवाकोटका ५० वर्षीय कान्छा तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।