Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

पालिकामा निःशुल्क एम्बुलेन्स



गौरादह । झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका छन् । गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउनका लागि यो कार्यक्रम सुुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए ।

यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उनकोे भनाइ छ । झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसूति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ । तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताए । अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ । पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको